भारतले सार्बजनिक गर्यो बिस्वकप खेल्ने खेलाडी हरुको नाम
भारत कृकेटमा बलियो टोलि मानिन्छ। २०२४ को बिस्वकप टोलिमा को को पर्लान भनेर धेरैको नजर इन्डियन कृकेट बोड (बिसिसिआइ) मा थियो । बिसिसिआइले टोलिको घोषण
टोलीमा उदयमान खेलाडीहरू यशस्वी जैसवाल, शुभमन गिल र अक्षर पटेलले समेत स्थान पाएका छन्। बीसीसीआईले बेवास्ता गरेका भनिएका अनुभवी स्पिनर युजवेन्द्र चहलले अन्ततः टोलीमा स्थान पाएका छन्।
विकेट किपरको स्थान ऋषभ पन्त र सञ्जु सैमसनले लिएका छन् भने केएल राहुललाई आउट गरिएको छ।
तर, शुभमन गिल, रिंकु सिंह, आवेश खान र खलील अहमदलाई रिजर्भमा राखिएको छ। टोलीमा तेज बलर अर्शदीप सिंह र मोहम्मद सिराजलाई पनि राखिएको छ।
बिस्वकप खेल्ने खेलाडिको नाम निम्नाअनुसार सार्बजनिक गरिएको छ।
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट किपर), सञ्जु सैमसन (विकेट किपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज रहँदा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान रिजर्व खेलाडीमा अटाएका छन्।
















