पाणिनी गाउपालिकाले आगलागीमा क्षति पुर्याएको परिवारलाइ तत्काल राहत स्वरुप २३ हजार रुपैयाँ प्रदान गरेको छ ।
अर्घाखाँची जिल्ला पाणिनि गाउपालिका -३ ढाब चिरञ्जीवी रास्कोटिको गोठमा आगलागि हुदा गोठमा भयका सम्पूर्ण बस्तुभाउ जलेर नस्ट भयेका थिए।
राति करिब १ बजे बिजुलिको तार सट भइ लागेको आगोले गोठमा भयेका ९ वटा बाख्रा सहित दुइ वटा बोका तिन वटा भैसि र दुइ वटा कुखुरा गरि सम्पूर्ण बस्तुभाउ भयेको गोठ जलेर नस्ट भयेको थियो।
उक्त घटनामा ५ लाख भन्दा बढिको बस्तुभाउ, गोठ,र गोठमा भयेका बिभिन्न काठ घासपात क्षति भयेको अनुमान गरियेको थियो।
घटना भैसकेपछि गाउपालिका अध्यक्ष सहितको टोलिले जलेका बस्तुभाउहरुको ब्यबस्थापन र राहत रकम प्रदान गरि सबैलाई उक्त कार्यमा सरिक भैदिनका लागि अनुरोध गरेको छ।
गर्मी बढेसङ्गै आगलागिका घटना बढेका छन साबाधानि अपनाउनु होला ।
-अखण्डखबर डटकम परीबार
















