अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं १ पणेना सिम्ले मा जन्मिएका पत्रकार तथा सामाजिक अभियन्ता माधव पौडेल पछिल्लो समय पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय नाम हो। अर्घाखाँची जिल्लामा रहेर विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका उनी विभिन्न राष्ट्रिय मिडियादेखि स्थानीय मिडियामा सक्रिय छन् ।

उनी स्वतन्त्र पत्रकार सङ्घ अर्घाखाँचीको जिल्ला उपाध्यक्ष पनि हुन् । पछिल्लो समयमा उनी पत्रकारितासँगै सामाजिक अभियान्ताको रुपमा पनि काम गर्दै आएका छन्। उनले कतै आगलागिले जलेका घर गोठहरु बनाइदिने कतै विद्यालयमा रहेका असहाय अपाङ्ग गरिब निमुखा विद्यार्थीहरु लाई झोला ड्रेस देखि विभिन्न सामग्रीहरु वितरण आर्थिक अभावले हस्पिटलमा छटपटाइरहेका बिरामीहरूको लागि आर्थिक संकलन जस्ता कार्यहरू गरिरहेका छन्। कतै क्यान्सर हालचालै उनले ब्रेन ट्युमर जस्तो घातक रोगसँग लडिरहेका बिरामी टोपबहादुर दर्लामी को लागि करिब ७ लाख रुपैयाँ सामाजिक सञ्जाल फेसबुकमा अभियान चलाएर बिरामीको घरपरिवारलाई हस्तान्तरण गरेका छन्। उनको अभियान मा पारदर्शिता र विश्वसनीयता भएको कारणले पनि अहिले समाजमा कोही कसैलाई समस्या परेको खण्डमा उनलाई सम्झने बानी समेत परिसकेको
छ ।
उनी भन्छन् समाजमा बसेर दिनदुखीको सेवा गर्ने अवसर पाएको छु मलाई जसरी विश्वास गर्नुभएको छ त्यो नै मेरो जिन्दगीको कमाई हो। यो मैले पाएको इज्जतको कमाई जीवनमा कहिल्यै गुमाउन नपरोस्। ।
















