काठमाडौँ । भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा देशमा अशान्ति संगै राष्ट्रिय सम्पत्तिहरुमा आगजनीका साथै तहस नहस परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलिको राजिनामा आएको थियो ।
त्यसपछि जेन्जी अभियान्ता, नेपाली सेना, राष्ट्रपति रामचन्द्र पौडेल सँगको संयुक्त वार्ता पछी तेस्रो दिन अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेसँगै अब बन्ने नयाँ मन्त्रीपरिषदको बारेमा चर्चा परिचर्चा सुरु भएको बताइएको छ ।
यसैबिचमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार समेत रहेकी संचारीका समूह, गीतकार संघमा समेत काम गरिसकेकी, अस्मिता भण्डारी महिला धार्मिक अभियान्ता सँगै कुशल संगठनकर्ता समेत भएकोले उनलाई बनाउनुपर्ने बताइएको छ ।
















