जब गृहकार्य नगरेका विद्यार्थीले अपहरणमा परेको बहाना बनाए.

मदाने गाउँपालिका–६ को पृथ्वी माविका शिक्षक देविराम भुसाललाई हिजो बिहान विद्यालय समयमा एक स्थानीयबासिन्दाले फोन गर्दै भन्नुभयो, ‘तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबेला विद्यालयमा बैठक चलिरहेको थियो ।

शिक्षक भुसालले यो विषय बैठकमा जानकारी गराउनुभयो । त्यसपछि विद्यालयका चार जना शिक्षक विद्यार्थी खोज्दै ककेदेउराली नजिकै पुग्नुभयो । शिक्षकले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देख्नुभयो ।

विद्यार्थीले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपरहरण गरेको भन्न भ्याए । त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षकलाई बोलाए । सबै मिलेर विद्यार्थीको खोजी थालियो । झन्डै आधा घण्टापछि ११ बजेतिर एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए ।

प्रहरी, विद्यालय र स्थानीयबासिन्दालाई अब अपहरणकारी खोज्नु थियो । बालक अपरहणमा परेको सूचना छिनभरमै फैलियो । अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायत ठाउँका छ समूहमा २० जना प्रहरी खटिए ।

त्यसैगरी विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका झन्डै एक सय ५० जना छात्रहरू, स्थानीय, पालिकाका कर्मचारी गरी तीन सय जना भन्दा बढी नागरिक अपरहरणकारी खोज्नका लागि परिचालन भए । घटनाको विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकले विद्यार्थीलाई छुट्टछुट्टै सोधखोज गरिरहेका थिए ।

आठैजना विद्यार्थीले घटनाका विषयमा फरकफरक तर्क गरेपछि प्रहरीलाई घटनाका विषयमा शङ्का लाग्न थाल्यो । पछि बुझ्दै जाँदा विद्यार्थीले गृहकार्य नगरेका कारण अपहरणमा परेको बाहाना बनाएको खुलासा भयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बालबालिकाले यसरी बहाना बनाउलान् भन्नेतर्फ नसोचिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटनाबारे विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको बताउनुभएको छ ।

पछि विद्यार्थीलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइयो । हिजो दिनभर तनाव भए पनि आजदेखि विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?