दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा छुटेका छन्।
भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा रहेका उनीहरूलाई शनिबार हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
















