काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई कपिलवस्तुमा दु ,र्घटना ,२६ जना यात्रु घाइते,तीन जनाको अवस्था गम्भीर

कपिलवस्तुमा यात्रुवाहक बस दु,र्घटना भएको छ।इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नं. ९ वेलनदीमा दु,र्घटनामा परेको हो।बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २६ जना यात्रु घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था ग म्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ४ बजेतिर भएको उक्त दु,र्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार घाइतेमध्ये ग म्भीर अवस्थाका तीन जनालाई उपचारको लागि बुटवल रेफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?