नवलपरासी र काभ्रेमा सडक अवरुद्ध : वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ । नवलपरासीमा पुल भाँचिएर र काभ्रेमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।

नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने गिरुवारी खोलाको पुलको बीच भाग भाँचिएपछि आवतजावतमा रोक लगाइएको छ ।

ठूलो ट्रक पार गर्ने क्रममा पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका छन् ।

ठूला टेलरबाहेक अरु गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागेर तम्सरिया गाउँबाट खोला तरी रानीटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिन्छ ।

यस्तै पश्चिमबाट पूर्व जाने गाडी फुलबारीबाट दक्षिण लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कन सक्छन् ।

यसैबीच वर्षाले डाइभर्सन बगाउँदा काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको छ ।

डाइभर्सन बगाएपछि बीपी राजमार्ग भएर आवतजावत गर्ने गाडी रातिदेखि नै रोकिएको छ । पूर्वबाट आएका गाडीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाण्डौबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने हिमपाइप राखेर बनाइएको सडक पनि बाढीले बगाएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । अर्को सूचना नआएसम्मका लागि यो बाटो प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?