अखण्डखबर डटकम
विश्वकै प्रसिद्ध व्याकरणका ज्ञाता महश्री पाणिनीको सिद्धि प्राप्त गरेको स्थानको पाणिनी तपोभुमि प्रदेश नम्बर ५ नेपालको अर्घाखाँचि जिल्लाको पूर्वी भागमा पाल्पा जिल्लाको सीमावर्ती क्षेत्र समुद्र सतहबाट लगभग १८०० मिटर अर्थात् ५००० फिट उचाइमा रहेको समतल भूभागमा स्थित स्थान पणेना र पोखराथोकको सिराहानमा स्थित स्थान हो। यस पवित्र स्थानमा पुग्नका लागि प्रदेश नम्बर ५ अथवा पश्चिम नेपालको औद्योगिक सहर बुटवलबाट तीन प्रकारले पुग्न सकिन्छ। एक त बुटवलबाट पाल्पा जिल्लाको सदरमुकाम तानसेन सहरमा गई त्यहाँबाट अर्घाखाँची जाने बाटो श्रीनगर हाडथोक भैरवस्थान छहरा हुँदै पाल्पा अर्घाखाँचीको सिमा स्थित तीन गिरेबाट उपल्लो बाटो करिब ३ किलोमिटर मा पाणिनी तपोभूमि स्थित छ दोस्रो बाटो बुटवलबाट करिब २० किलोमिटर पश्चिम सिधै महेन्द्र राजमार्गतिर सालझन्डीबाट उत्तर दिशामा नवनिर्माण ढोरपाटन मार्गद्वारा खुर्सानेबाट पूर्व दिशामा सत्यवती हुँदै तिनगिरे आएर तपोभूमि पुग्न सकिन्छ। र तेस्रो बाटो बुटवलबाट पश्चिम महेन्द्र राजमार्गद्वारा लगभग ४५ किलोमिटरमा गोरुसिङ्गे पर्दछ। त्यहाँबाट उत्तर दिशामा सन्धिखर्क मार्गमा ठाडा नरपानी हुँदै घुम्टीबाट पूर्वतर्फ अड्गुरी बासका रूख हुँदै माथि तिनगिरे पुगेर माथिल्लो बाटो घुमी पाणिनी तपोभूमि पुग्न सकिन्छ।
















