सिद्धबाबाकाे मुख्य सुरुङ खन्न अब ८ मिटर मात्रै बाँकी

सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्न आठ मिटरभन्दा कम मात्रै बाँकी रहेको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले आज सूचना निकालेर अब मुख्य सुरुङ छिचोल्न सात मिटर ८० सेन्टिमिटर मात्रै बाँकी रहेको जानकारी गराएको हो ।

एक हजार ८९ मिटर लामो मुख्य सुरुङको उत्तरतर्फबाट चार सय ७७ मिटर २० सेन्टिमिटर र दक्षिणतर्फबाट ६ सय चार मिटर खन्ने काम सम्पन्न भएको सूचनामा उल्लेख छ । आपत्कालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिएको छ । तीन वटै क्रस प्यासेजको छिचोल्ने काम भइसकेको छ । मुख्य सुरुङ पनि चाँडै छिचोल्ने तयारी रहेको आयोजनाले जनाएको छ ।

पाल्पाको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । सिद्धार्थ राजमार्गअन्तर्गत यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ निर्माण शुरू भएको हो । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।

२०७८ सालको फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्मको समग्र प्रगति ३८ दशमलव ८५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?