भन्सार दर घटेसंगै सुनको माग बढ्यो

सरकारले सुन आयातमा लाग्ने भन्सार दर घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउनुभयो । पछिल्ला दुई दिनमा सुनको भाउ तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । अस्ति आइतवा तोलाकाे एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा हिजो घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज सुनकाे भाउ दुई हजार ६ सयले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकाेमा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । हिजो र आज दुई दिन सुनचाँदी पसलमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?