नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।
प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।
















