भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा

२४ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि रुस पुगेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औं भारत–रुस शिखर सम्मेलनमा सहभागी हुन मोदी सोमबार मस्को पुगेका हुन् ।

भ्रमणका क्रममा पुटिन र मोदीबीच भेटवार्ताको कार्यक्रम राखिएको छ । मोदीको भ्रमणले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने जनाइएको छ । पुटिन र मोदीबीच ऊर्जा र व्यापारका क्षेत्रलाई केन्द्रमा राखेर छलफल हुने कार्यतालिका छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि मोदी पहिलो पटक मस्को पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?