साल्ट ट्रेडिङले उचाल्यो व्यापार समूह

यो साता सेयर बजारमा व्यापार समूह सबैभन्दा धेरै १०.३६ प्रतिशत बढ्यो । यो समूह यति ठूलो अंकमा बढ्नुको मुख्य कारण साल्ट ट्रेडिङको मूल्य बढ्नु हो ।

व्यापार समूहमा २ कम्पनी मात्रै सूचीकृत छन् – साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार । विशाल बजारको पूँजीकृत रकम १ अर्ब ८८ करोड मात्रै छ भने साल्ट ट्रेडिङको १५ अर्ब ७७ करोड छ । त्यसकारण साल्ट ट्रेडिङले नै यो समूहलाई डोहोर्‍याउँछ ।

साल्ट ट्रेडिङको मूल्य उच्च दरमा बढ्दा यो समूहले यो साता सबैभन्दा राम्रो प्रदर्शन गर्‍यो । गत साता यस कम्पनीको मूल्य प्रतिकित्ता ४४१२ रुपैयाँ रहेकोमा यो साता ४९१९ पुग्यो अर्थात् ११.४९ प्रतिशत बढ्यो ।

विशाल बजारको मूल्य पनि २ प्रतिशत बढेपछि यो साता व्यापार समूह चम्किएको छ । कम्पनीको यसै साता ४ लाख १८ हजार ३२६ कित्ता बोनस सेयर सूचीकृत भयो । सेयर थपिएपछि कारोबारसँगै मूल्य पनि बढेको छ ।

कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण सुधारोन्मुख देखिनुले पनि मूल्य बढ्नमा टेवा पुर्‍याएको छ । सो वित्तीय विवरणअनुसार खुद नाफा ३९ प्रतिशत बढेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?