नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। अर्थमा रास्वपाकै स्वर्णिम वाग्लेको चर्चा छ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि अर्थमन्त्री हुने चर्चा छ। एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। सभामुख एमालेकै छन्।
राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कुरा नमिलेपछि सत्ता गठबन्धन भत्किने हल्ला सुरु भइसकेका थिए। ओली र प्रचण्डबीच भएको मोटामोटी छलफलमा रास्वपा सभापति लामिछाने गृह मन्त्रालय पाए एमालेलाई अर्थ मन्त्रालयको जिम्मा दिने सहमति जुटेको बताइन्छ।
















