खेलकुद मन्त्री पुगे त्रिवि मैदान, सन्दीपसँग पनि भेटे, तस्बिरहरू

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि उपस्थित थिए ।

मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा क्रिकेटर सन्दीप लामिछाने पनि त्रिवि मैदानमा थिए । लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरे ।

बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने क्यानको तयारी थियो । तर, अमेरिकाले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएनन् ।

‘सरकार यस विषयमा निकै चिन्तित छ । परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहजीकरणका लागि पत्र लेख्नुभएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘अब भिसा स्वीकृत नभएपछि यसको कूटनीतिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छ । यसका लागि सरकारले आवश्यक पहल गरेको छ,’ मन्त्री श्रेष्ठको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?