गृहमन्त्रीज्‍यू, यो राजनीतिक धोका भएन र ?

रास्वपा किन सरकारमा जान्छ किन बाहिरिन्छ तपाइँले जनतालाई भन्न आवश्यक ठान्नुहुन्न। यो पुराना राजनीतिक दलले गरेको निम्छरो शासकीय अभ्यासको निरन्तरता हो।
इलाममा भएको उपनिर्वाचन पश्चात् यहाँ र यहाँको दललाई बधाई दिएर केही लेख्न मन थियो। तर नयाँ राजनीतिक दलका लागि दु:खद् कुरा त्यहाँ जमानत जफत सहित पराजय हुनपर्‍यो। दैनिकजसो यहाँलाई सोध्न पर्ने विषय थपिंदै गएका छन्। लोकतान्त्रिक व्यवस्थालाई भद्दा मजाक बनाउने पछिल्लो पटक दुइटा घटना भए।

एक, महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरी यहाँलाई दिएको पत्र। अर्को, राजनीतिक दल विभाजनको उथलपुथलपूर्ण छलफलमा यहाँको बलियो उपस्थिति। नवीन राजनीतिक अभ्यास गर्छु भन्ने यहाँले यस्ता सत्ता दुरुपयोगका घटनालाई निकृष्ट शासकीय क्रियाकलाप भनी बलियो प्रतिवाद गर्नुपर्थ्यो।

उसो त यहाँका शासकीय क्रियाकलापले रवीन्द्र मिश्र जस्तै नयाँ राजनीतिक चेतना, आशा, अभियान र समूहलाई सिध्याउन खडा भएको एक पात्र हो कि भन्ने कुरामा जनता सशंकित भएका छन्।

यस पत्रमा उल्लेख गरिएका कुरालाई यहाँका समर्थकहरूले विकास र सुशासन विरुद्धको आवाज मान्न सक्छन्। यो पुरानो संसदीय राजनीतिको एक अभ्यस्त आरोप पनि हो। अचम्म त के छ भने पुराना राजनीतिक दलका कार्यकर्तालाई समेत माथ दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता छद्म भेषमा असहिष्णु र अराजनीतिक छन्। यसको मूल्य रास्वपाले समयसँगै चुकाउने नै छ।

यहाँले पत्रकारिताबाट राजनीतिक यात्रा सुरु गरेपछि जनता, स्वतन्त्र बौद्धिक तप्का र युवा पंक्ति आशावादी थियो। नेताहरूले राजनीतिलाई दलाली, कमाउ पेशा बनाइरहेको जनताले अनुभव सहित बुझेका थिए। विदेशिएर दुःख पाएकाहरूलाई सहजीकरण गर्न यहाँले गर्नुभएको टेलिभिजन रिपोर्टिङबाट लोभलाग्दो लोकप्रियता निर्माण भयो। यसले सार्वजनिक पदाधिकारी र अपराधीलाई त्रसित बनायो र जनतालाई भरोसाको केन्द्र। पत्रकारिताबाट आर्जन गरेको सामाजिक पूँजी र अस्तित्वमा रहेका दलको क्रियाकलापबाट पीडित भएका जनताले यहाँलाई नेता बनाए।

माननीय गृहमन्त्रीको व्यक्तिगत जीवन नैतिकताको कसीबाट मतदाताले नियाल्न चाहेनन्। जनताले दुई-दुई पटक निर्वाचित गरी कसैको व्यक्तिगत जीवनले उसको देश बनाउँछु भन्ने सार्वजनिक उद्घोषलाई अस्वीकृत गर्नुहुँदैन भनेर अनुमोदन गरिदिए। यत्रो सहकारी काण्ड जस्तो भीमकाय भारको राजनीतिक र कानुनी प्रश्न समेत झेलिदिन सक्ने यहाँले व्यक्तिगत नैतिकताको विषयलाई व्यक्तिगत आक्षेपको रूपमा बुझ्नु सामान्य कुरा नै भयो। म यस पत्रमा यहाँको बिर्सनलायक व्यक्तिगत जीवनमा प्रवेश गर्दिनँ।

यहाँले चुनावताका भनेको नो नट अगेन र अहिले गरेको सत्तालिप्साको राजनीतिले यहाँ द्वैध राजनीतिक चरित्रलाई उदाङ्गो बनाइदिएको छ।

यहाँलाई पछ्याउने एउटा समूह जबर्जस्त छ। यो समूहले यहाँलाई प्रश्न सोध्नेलाई गुरिल्ला मोडेलमा खेद्छ। विगतमा प्रचण्डको समेत यो स्तरको देवत्वकरण हुने गर्थेन। अब यहाँले सोच्नोस् त लोकतन्त्रमा विश्वास गर्ने रास्वपा र यसको सभापतिको यसप्रकारले हुने देवत्वकरण शोभनीय हो?

‘रास्वपा नै रवि लामिछाने हो’ भन्ने गरी यहाँको सत्ता आगमन र बहिर्गमनको सिलसिला सुरु भएको छ। यसरी रास्वपा किन सरकारमा जान्छ किन बाहिरिन्छ तपाइँले जनतालाई भन्न आवश्यक ठान्नुहुन्न। यो पुराना राजनीतिक दलले गरेको निम्छरो शासकीय अभ्यासको निरन्तरता हो।

यहाँ संविधानले संकल्प गरे बमोजिम सुशासन, विकास र समृद्धि प्राप्त गर्न या आफ्ना आपराधिक कर्मबाट बच्न सरकारमा सहभागी भएको भन्ने कुरामा जनताले खरो प्रश्न गरिरहेका छन्। यहाँ प्रश्नबाट भागिरहनु मात्र भएको छैन– स्वतन्त्र नागरिक, मिडिया र प्रतिपक्ष जसले प्रश्न गर्छन् उनीहरूलाई गम्भीर आक्रमण गरिरहनुभएको छ।

यति छोटो समयमा जो आए पनि यस्तै हो भन्ने राजनीतिक भाष्य निर्माणमा यहाँले जुन योगदान दिंदै हुनुहुन्छ, यसका लागि यहाँप्रति पुराना राजनीतिक दल र तिनका नेता अनुगृहीत भएकै होलान्। यसै सन्दर्भमा अहिले भैरहेको यहाँको सामयिक राजनीतिक गतिविधिलाई केन्द्रविन्दुमा राखी केही सार्वजनिक सवाल गर्दैछु। यहाँ र यहाँका कार्यकर्ताले यहाँ उठाइएका सवाललाई सार्वजनिक विषयका रूपमा नै बुझ्ने कुरामा विश्वास लिन्छु।

एउटा सामान्य जनताको बुझाइबाट कुराको सुरुवात गरौं:

सुन तस्करीमा नेपालको मिडिया, राजनीतिक दल, बुद्धिजीवी सबैले जमेर आफ्नो धारणा राखे। तत्कालीन प्रतिपक्षको सडक र संसद्को जुझारु आवाजले छानबिन समिति गठन भई अनुसन्धान भयो। यहाँले पनि यो कुरामा संलग्नलाई ठूलो माछाको संज्ञा दिनुभयो। यो कुरालाई साधारण मान्छेले केही बुझेन। सुन प्रकरणले म कहाँ प्रभावित भएँ भन्ने कुरा साधारण जनताले बुझेन। पीडित को थियो भन्ने मेसो नै पाएन। थोरै मान्छेले मात्र बुझे र आवाज उठाए सुन तस्करीले मुलुकको समग्र अर्थतन्त्रमा र मुलकुको प्रतिष्ठामा असर पार्छ। तसर्थ, यसको निष्पक्ष छानबिन हुनुपर्छ। त्यसै अनुसार छानबिन पनि भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?