मुद्दा मिलाइदिन्छु भन्दै २३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोल्टीमोडबाट पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ ।

गुरुङको ललितपुरमा एउटा जग्गा सम्बन्धी विवाद रहेका बेला आफ्नो न्यायाधीशसँग राम्रो सम्बन्ध रहेको भन्दै केश मिलाइदिने भनेर उनले २३ लाख रुपैयाँ लिएको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?