नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ
एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको खेल हुदैछ।
फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । त्यसअघि पहिलो सेमिफाइनल नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रिमियर कपको तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । त्यसका लािग नेपालले हङकङको चुनौती समाप्त पार्नुपर्ने हुन्छ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।
















