नेपालको बलिङ प्रशिक्षकमा एस्टविक नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत एस्टविकलाई बलिङ सल्हाहकार प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो।

क्यानले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपलाई लक्षित गरेर ६२ वर्षीय एस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो। बर्बडोसमा एस्टविकले वेस्ट इन्डिजको टोली जर्सीबाट कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

यद्यपि, उनीसँग घरेलु क्रिकेट खेलेको अनुभव रहेको छ। उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन्।

प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका छन् भने १४१ विकेट लिएका छन्। लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका छन्।

नेपाली राष्ट्रिय टोलीमा काम गर्न पाउनु आफ्नो लागि गर्वको विषय रहेको उनले बताएका छन्। आफ्नो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर रहेको उनको भनाइ छ।

‘पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ। नेपाली क्रिकेटलाई अझैमाथि लैजानका लागि म शतप्रशित दिने प्रयास गर्नेछु,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?