सुनसरीमा आज पनि कर्फ्यू, सर्वदलीय बैठक जारी

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि सुनसरीका पाँचवटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ ।

दुई समूहबीचको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

कर्फ्यू हटाउनका लागि स्थानीय प्रशासनले सर्वदलीय छलफल आह्वान गरेको थियो । छलफल जारी रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुनेछ ।

शुक्रबार दिनभर अशान्त रहेको सुनसरीको दक्षिणी क्षेत्रको अवस्था कर्फ्युका कारण शनिबार सामान्य छ । प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?