अखण्डखबर डटकम
कपिलबस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान अन्तर्गत आज चारनम्बर चोक आसपासमा सरसफाई कार्यक्रम गरेको छ क्लबले माघ ५ गते शनिबारदेखि शुरु गरेको सरसफाई अभियान अन्तर्गत बाणगंगा नगरपालिका क्षेत्रमा हरेक शनिबार सरसफाई गर्दै चार नम्बरको जीतपुर चोकमा रहेको टावरमा नेपाली झण्डा पनि राखेको कल्बका सदस्य अभिसेक पौडेलले जानकारी दिएका छन् समाजमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध लड्न तथा समाजमा रहेका दुखि गरिबको सेवा गर्दै प्राकृतिक विपदको सहयोगी हात बन्न स्थापना गरिएको क्लबले स्थानीय युवा, व्यवसायीहरुको सहभागिता हाल सरसफाई अभियान चलाइरहेको छ
















