राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएकी हुन् ।
राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति लिएको छ । अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि आफ्नै वेबसाइट, एप बनाउनुपर्ने जस्ता प्रावधान राखिएको भनी यसमा मेल नरहेको गौतमले बताइन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा पूर्व अर्थमन्त्रीज्यूले बुँदा नम्बर ७० मा न्यूनतम १ सय रुपैयाँ अधिकतम् पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने भन्नुभएको थियो । यो बमोजिम १ सय रुपैयाँ पुँजी भएको कम्पनीले कसरी वेबसाइट, एप र सफ्टवेयर बनाउन सक्छ ?’ सांसद गौतमले प्रश्न गरिन् ।
















