भामुखको विदेश भ्रमणका लागि १० दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार बोलाइएको छ ।
भोलिदेखि लगातार चार दिन बैठक राख्ने र संघीय निजामती ऐनसहितका विधेयक/प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
तर भोलि आइतबारकै बैठक चल्ने नचल्ने अन्यौल देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेको छ ।
















