रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । १ सय ४५ जना घाइते भएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार क्रोकस सिटी हलको कन्सर्टमा सहभागी हुन आएकाहरुमाथि अज्ञात बन्धुकधारी समूहले आक्रमण गरेका थिए । आक्रमणकारीले स्वचारलित हतियार प्रयोग गरेका थिए ।
आक्रमणपछि भवनमा आगलागी भएको र त्यसभित्र धेरै मानिस फसेको अनुमान रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
















