कार दुर्घटनामा परेपछि कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी पक्राउ

कमेडी च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । प्रहरीले विशाललाई पक्राउ गरेको छ । भक्तपुरको जगातीमा कार टिप्परसँग ठोक्किएर दुर्घटना भएको हो । कारमा भण्डारीसहित ६ जना सवार थिए । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका हुन् ।

सुशानको अवस्था गम्भीर रहेको बताइएको छ । विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ । दुर्घटनापछि प्रहरीले विशाल र पुजनलाई पक्राउ गरेको छ ।

विशाल र पुजन गाडीको अगाडिको सिटमा बसेकाले कसले गाडी चलाएको थियो भन्ने यकिन नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशाल र पुजन दुवै जनाले गाडी कसले चलाएको थियो भन्ने खुलेको छैन ।

अनुसन्धानका क्रममा विशालसहित कारमा सवारले मादक पदार्थ सेवन गरेको पाइएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?