वैदेशिक रोजगारीका लागि पोल्यान्ड पुगेका एक २९ वर्षीय नेपाली युवकको सहकर्मीको छुरा प्रहारबाट मृत्यु भएको छ। मदिराले मातेका आफ्नै सहकर्मीले उनलाई छुरा प्रहार गरेका हुन्।

खोटाङ साकेलाका राजेश दाहालले सहकर्मीको छुरा प्रहारबाट ज्यान गुमाएका हुन्।

जर्जियाका उनीसँगै काम गर्ने ३५ वर्षीय युवकले राजेशलाई छुरा हानेका थिए। शनिबार राति छुरा हान्नेबित्तिकै लडेका राजेशको निधन भएको उनका साथीहरुले जानकारी दिएका छन्।

प्रहरीले हत्यामा संलग्न जर्जियन युवकसहित उनकी श्रीमती र अर्की एक महिलालाई पक्राउ गरेको छ।

अहिले दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। उनको शव नेपाल ल्याउने वा नल्याउनेबारे निर्णय नभइसकेको एनआरएन पोल्यान्डले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?