ठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट एक बच्चा चोरी भएको छ।
काभ्रेपलाञ्चोक चौरी देउराली गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको बच्चा चोरी भएको हो ।
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखी १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
दैलेखको नौमुले गाउँपालिका-१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको हो ।
गत फागुन ११ मा मनकुमारीले काभ्रेको चौरी देउराली गाउँपालिका-३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी थिइन् । प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् ।
शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको हो। पक्राउ परेकी महिलाको अहिले केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।
















