बहुचर्चित कोटवाडा विमानस्थलमा दोस्रो पटक परीक्षण उडान गरिएको छ । ३८ वर्षदेखि निर्माणाधीन विमानस्थल आइतबार बिहान ९:४५ बजे तारा एयरको विमान अवतरण गरेर दोस्रोपटक परीक्षण उडान गरिएको हो ।
२०७३ माघमा कच्ची धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरेर परीक्षण गरिएयत उडान भएको थिएन । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नागरिक उड्डयनमन्त्री सुदन किराती, कालीकोट घरभएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीलगायत विमानस्थल उद्घाटनमा आउने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।उनका अनुसार उद्घाटनपूर्व आइतबार बिहान तारा एयरको ट्विनअटर विमान नेपालगन्जबाट आएर प्रोभिन फ्लाइट गरेर फर्किएको छ ।
















