राजिनामा दिएर सडकमा जान सापकोटाको शाहिलाइ सुझाब

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ ।

 

आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् ।

सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको पनि बताए ।

‘तर, यो व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने गरिएको छ’, उनले भने, ‘पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु समेत लिने । फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ?’

राप्रपाका सांसदहरुले संसदमा राजसंस्थाको वकालत गर्दै आएका छन् । त्यसतर्फ संकेत गर्दै माओवादी सांसद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताए ।

‘यो संसदमा यो संविधानका विरुद्धमा बेलाबखत जसरी विरोध भइराखेको छ, हमला भइराखेको छ, यसलाई ध्वंश तुल्याउने जो भइराखेको छ यसका बारेमा सचेत तुल्याइनुपर्दछ, सचेत गराइनुपर्छ’, उनले दोहो¥याए, ‘यही संविधानले दिएको लोगो र यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगोको आधारमा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पड्काउने, प्रदेशतिर सभामुख लिने तर, फेरि यो संविधान विरोध गर्ने ?’

वर्तमान व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु हुन नसक्ने भन्दै उनले व्यवस्था विरोधी बहसको बारेमा सबै राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए ।माओवादी सांसद सापकोटालाई राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कवितामार्फत जवाफ दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?