इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ

इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको छ । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो ।

इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेको राष्ट्रपति ट्रम्पले जानकारी दिएको बीबीसीले जनाएको छ । अब शान्तिका लागि पहलकदमी अगाडि बढाउनुपर्ने समय आएको अमेरिकी राष्ट्रपतिको भनाइ छ । इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्नेमा उहाँको जोड छ ।

इजरायलले इरानमा गएको जुन १३ देखि आक्रमण शुरु गरेको थियो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने या नहुने छिट्टै निर्णय लिने बताउनुभएको थियो । इरानमाथि अमेरिकी आक्रमणलगत्तै उहाँले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । सम्बोधनमा इरानमाथिको आक्रमण र अमेरिकी रणनीतिको विवरण आउनसक्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?