बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ ।
लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ ।
उक्त राजमार्गका विभिन्न ठाउँको पहिरो हटाउने र भाँसिएको सडकखण्डमा वैकल्पिक रुपमा यातायात सञ्चालन गराउन पहल भइरहेको सडक विभागले जनाएको छ । यद्यपि, भाँसिएको र भत्केको सडकको खण्डको पुनः निर्माण गर्न भने केही महिना लाग्ने देखिएको हो ।
दशैँअघि बीपी राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्ने गरी भाँसिएको ठाउँबाट सडक डाइभर्सन गरी वैकल्पिक रुपमा यातायात खुलाउने विभागको योजना छ ।
















