बाणगंगामा विद्यालय जाँन हिडेकी एक बालिका एक सातादेखि सम्पर्कविहिन

बाणगंगामा विद्यालय जाँन हिडेकी एक बालिका एक सातादेखि सम्पर्कविहिन

कपिलवस्तु, ०७ असोज । कपिवस्तुको बाणगंगामा विद्यालय जाँन हिडेकी एक बालिका एकसाता देखि सम्पर्कविहिन भएकी छिन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ बाणिगाउँ स्थित गिरबहादुर पुनको छोरी वर्ष १५ की सरिता पुन एक साता देखि सम्पर्कविहिन भएकी हुन ।

भदौ ३१ गते बिहान विद्यालय जाँन भनि विद्यालय पोशाकमा हिडेकी पुन हाल सम्म पनि सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन् । सरिताले बाणगंगा मावि लौगाइमा कक्षा १० मा अध्ययन गर्छिन् ।

यता सरिताका परिवारले आफ्नो छोरी सम्पर्कविहिन भएको घटना प्रहरीलाई समेत जानकारी गराएका छन् । सरिताका बुवा गिरबहादुर पुन मगरले अहिलेसम्म त्यसरी कहिँ नगएकी छोरी एक्कासी काहाँ गई भन्ने थाहा पाउन नसकको बताए ।

उनले आफ्नो छोरीको खोजि कार्यमा सहयोग गरिदिन पनि आग्रह गरेका छन् । बुवा गिरबहादुर पुन र आमा बसन्ती पुनले सरितालाई कहि कतै फेला पारेमा आफ्नो सम्पर्क नम्बर 9803444696 मा सम्पर्क गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।

आफूहरुले थाहा भएसम्मका स्थानमा खोजि गर्दा समेत हाल सम्म पनि छोरिको अवस्थाबारे थाहा पाउन नसकेको परिवारको भनाइ छ ।
उता इलाका प्रहरी कार्यालय पिपराले समेत घटनाका विषयमा खोजी भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?