टेलिग्रामका संस्थापक पाभेल फ्रान्समा पक्राउः
विश्व चर्चित सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेका छन् । उनी रुसी नागरिक हुन् । निजी जहाजबाट फ्रान्स पुगेका पाभेललाई अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ गरिएको बेलायती विश्व सेवा बीबीसीले जनाएको छ ।३९ वर्षीय दुरोभलाई टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ गरिएको हो । रुसी सरकारलाई सूचना नदिँदा टेलिग्राम सन् २०१८ मा बन्द गरिएको थियो । पछिल्लो समयमा भने सञ्चालनमा थियो । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ ।
Source -BBC
टेलिग्रामका संस्थापक पाभेल फ्रान्समा पक्राउः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















