वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरू ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका हुन् । उनले ठगिएका नागरिकहरूको सम्बन्धमा आफूले काम गरिरहेको बताए

मन्त्री अर्यालले फ्री भिसा फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको बताए । उनले फ्री भिसा फ्री टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएका बताए ।

मन्त्री अर्यालले हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरू ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?