बेलायतको नर्थथम्बरलेन्ड राष्ट्रिय निकुञ्जमा रहेको विश्व प्रसिद्ध रूख स्याकमोर ग्याप कटानमा निर्दोष रहेको जिकिर एक अभियुक्तले गरेका छन् । उनले अदालत समक्ष आफू निर्दोष रहेको जिकिर पेस गरेको बीबीसीले उल्लेख गरेको छ ।
डेनियल ग्राहम र एडम क्यारेथरलाई रूख कटान र हेड्रियन वालमा क्षति पुर्याएको अभियोग लागेको थियो । अभियुक्त मध्येका ग्राहमले न्युक्यासल स्थित अदालतमा आफू दोषी नरहेको भन्दै निवेदन दिएका हुन् ।
गत सेप्टेम्बरमा स्याकमोर ग्याप रूख काटिएको थियो । रुख कटानको अभियोगमा ग्राहम र क्यारेथलाई मुद्दा चलाइएको थियो । उनीहरूलाई फौजदारी अभियोग अन्तर्गत मुद्दा चलाइएको हो ।
















