पोखरा । पोखराबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छिन् । लागुऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीको टोलीले छोरेपाटनबाट ती महिलालाई पक्राउ गरेको हो ।
उनको साथबाट डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई १२ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
पोखराबाट लागुऔषधसहित एक महिला पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















