अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका दुर्गाफाटको कुरुले खेेल मैदानमा फागुन २४ देखि २९ गतेसम्म संचालित पाणिनि दुर्बाशेस्वर पर्यटन महोत्सव २०८० को आज समापन भयेको छ ।
५ दिनसम्म चलेको महोत्सवमा विभिन्न रास्ट्रिय स्थानीय ख्याती प्राप्त कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
महोत्सवको उद्घाटन प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले गरेका थिए भने उक्त महोत्सवलाई करिब १० हजार भन्दा बढि दर्शकले अबलोकन गरेका छन ।
















