केमिकल बोकेको ट्रकमा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो ।

केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो ।

आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो ।

दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?