नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयाेजना प्रथम “प्रकाश महत स्मृति” खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा को उपाधि अर्घाखाँची बुलेटिन क्रिकेट क्लव र उप-विजेता साैजन्य समाज किमडाडाँ बन्न सफल भएका छन् ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद रू. ५० हजार, मेडल, ट्रफी र प्रमाण पत्र, उपविजेता टिमले नगद रू. ३० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा उदयमान खेलाडीकाे रूपमा मदनभण्डारी स्पाेर्टस क्लवका समीर राउत, उत्कृष्ट बलरकाे रूपमा अर्घाखाँची बुलेटिन क्रिकेट क्लवका सागर चाैहान, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडी उपाधि अर्घाखाँची बुलेटिन क्रिकेट क्लवका बाबुराम थापाले प्राप्त गरे ।
प्रतियाेगिताकाे समापन/ पुरस्कार वितरण समाराेहमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले प्रतियाेगिताले हाेनाहर कमरेड प्रकाश महतलाइ सधै चिरस्थ बनाउने बताउदै खेलकुदकाे बिकासमा जाेड दिनुपर्ने धारणा राख्नुभयाे ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, प्रकाश महतकाे जीवनसंगिनी इरा महत, पार्टी तथा जनसंगठनका विभिन्न तहका कमरेडहरूकाे उपस्थिति रहेकाे थियाे ।
गतवर्ष फागुन ७ गते नेपाल खेलकुद महासंघकाे दाेस्राे राष्ट्रिय महाधिवेशन विराटनगरमा सहभागी भएकै अवस्थामा सडक दुर्घटनामा परि ज्यान गुमाउनु भएका खेलकुद महासंघ अर्घाखाँची सहसचिव एवम् नेकपा एमालेका सशक्त युवा प्रकाश महतकाे स्मृतिमा नेपाल खेलकुद महासंघ अर्घाखाँची जिल्ला कमिटीले याे प्रतियोगिता आयाेजना गरेकाे हाे । समापन कार्यक्रमकाे अध्यक्षता महासंघका जिल्ला कमिटी अध्यक्ष हेनरी बस्नेत र संचालन बिक्रम नेपालीले गर्नुभएको थियाे ।
















