न्याय परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको सट्टा रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइबाट अनुमोदन भएमा शर्मा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनुहुनेछ ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















