अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले २०८२ असार १० गते पेस गरेको आ ब २०८२/०८३ को आय ब्यय सहितको बार्सिक बजेट तथा कार्यक्रम २०८२ असार ३१ गते बसेको गाउँसभाले सदस्यहरुको बहुमतले पारीत गरेको छ ।
सोहि दिनमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा कार्यलय तथा शाखा कार्यलयलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो ।
असार मसान्तसम्म सबैभन्दा धेरै कार्य प्रगती गर्ने शाखामा शिक्षा युबा तथा खेलकुद शाखा लाई ६६.३५% प्रगती हासिल गरेकोमा सम्मान गरेको थियो ।
वडा कार्यलय अन्तर्गत वडा न ७ को वडा कार्यलयलाई भिन्न दुइ शिर्षकमा जेठ मसान्तसम्म सबैभन्दा धेरै ६८.९७% कार्यसम्पादन गर्ने वडा र सबैभन्दा धेरै ९ लाख ५४ हजार ४ सय ६४ रुपैयाँ ९६ पैसा राजस्व संकलन गर्ने वडा का रुपमा सम्मान गरेको थियो ।
पाणिनि गाउँपालिकाको इतिहासमा सबैभन्दा बढी राज्स्व संकलन गर्दै कुल राज्स्व १ करोड ४२ लाख ४ हजार ६४२ रुपैयाँ १२ पैसा सहित राज्स्व शाखा सम्मानित भएको छ ।






















