अमेरिकी संलग्नताबारे चर्चा भएसँगै इरान र इजरायलबीचको आक्रमण थप बढ्यो

अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति पनि एकअर्कामाथि आक्रमण गरेका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले आफूले चाल्ने कदमबारे कसैलाई जानकारी नभएको तर आक्रमण तीव्र भइरहँदा इरानलाई धेरै समस्या भएकोबारे भने आफूले आँकलन गर्न सक्ने बताउनुभयो ।

इरानकै सहजताका लागि भए पनि आफूले वार्तामा जोड दिएको उहाँको भनाइ छ । तर इरानले अमेरिका र इजरायल सामु कहिल्यै नझुक्ने र युद्ध विराम असम्भव रहेको अडान लिइरहेको छ ।

यसअघि इरानका सर्वोच्च नेताले ट्रम्पलाई इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति हुने चेतावनी दिएका थिए ।

यसैबीच, पछिल्लो तीन दिनमा कम्तीमा ३० अमेरिकी सैन्य विमानहरू अमेरिकाबाट युरोपमा सारिएका छन् । विमानहरू सबै अमेरिकी सैन्य ट्याङ्कर विमानहरू हुन् जुन लडाकु जेट र बमवर्षकहरूलाई इन्धन भर्न प्रयोग गरिन्छ ।

इजरायलले गएको शुक्रवार इरानको आणविक क्षेत्रमा आक्रमण गरेपछि इजरायल र इरानबीच शुरू भएको द्वन्दको समयमा अमेरिकी उडानहरु युरोप पुगेपछि यसबारे प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?