आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने

भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ तालिका सार्वजनिक गरेको हो । परिमार्जित तालिका अनुसार जेठ तीनमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

त्यस्तै जेठ ४ गते आइतवार दुई वटा खेल हुनेछन् । गएको बिहीवार धर्मशालामा पन्जाब र दिल्लीबीच खेल भइरहेका बेला बीचमै स्थगित गरिएको थियो ।

दुई दिनपछि गएको शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू हुन लागेको हो ।

क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै क्वालिफायर दुई जेठ १८ गते हुनेछ । आईपीएलको फाइनल खेल जेठ २० मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?