४ जिल्लाकै निशाना पाणिनि तपोभुमी धाम के हुँदै छ तपोभुमिमा किन ४ जिल्लाकै सबै सुरक्षा सम्यन्त्र एकै ठाँउमा

अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर पाणिनी तपोभूमिमा २०८१ चैत २७ र २८ गते पाणिनी सम्मेलन आयोजना हुनेभएको छ ।

हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।

पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ ।

पाणिनी तपोभूमि संरक्षणका लागि पाणिनी गाउँपालिकाले विशेष किसिमले प्रमुख केन्द्र बनाएर काम हरु अगाडि बढाइरहेको छ । पर्यटकहरुलाई बस्ने व्यवस्था, खानेपानीको समस्या समाधान गरेपछि पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गाउँपालिकाको रहेको छ । सम्मेलनले पाणिनीको पहिचान झल्काउँने अपेक्षा पनि गरिएको छ ।

अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको चार जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध, मानव बेचविखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा र ,ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण लगायतमा समन्वय गरेर अगाडी बढ्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?