ललितपुरको कोन्ज्याेसोम गाउँपालिकाले सोनाम ल्होछारमा ५ दिन बिदा दियो

ललितपुरको कोन्ज्याेसोम गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा ५ दिन स्थानीय बिदा दिएको छ । झन्डै ८० प्रतिशत तामाङ समुदाय बस्ने गाउँपालिकाले हिजोदेखि आउँदो १७ गतेसम्म सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ–संस्थालाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।

यस्तै मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पनि तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिएको गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यही माघ १७ गते तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६० मनाउँदैछन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा ल्होछार मनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?