महिला जनप्रतिनिधिकाे सक्रियताले पालिकाकाे इज्जत धानिएकाे छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

जनप्रतिनिधिहरूको सम्मान कल्प संस्थाले आयोजना आज गरेको ‘सी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिहरूले अगुवाइ गरेको बताउनुभयो ।हिजो छोरीहरूको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले महिलामा करुण, माया र स्नेह भाव बढी हुने र उनीहरूको भूमिकाले हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई ‘आइकन’ सम्मान प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?