स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि लामिछानेसहित ४४ जना प्रतिवादी

काठमाण्डौको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

आरोपितहरूसँग सोधपुछ र बयान, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयलगायतको अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

अनुसन्धानबाट पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ । पछि थप खुलेमा पूरक अभियोजन लैजानेगरी प्रतिवेदन बुझाइएको हो ।

प्रहरीले बुझाएको प्रतिवेदनमा अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीमध्ये पाँच जना थुनामा छन् । रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । दुई जना परिसरको प्रहरी हिरासतमा छन् । तीबाहेक अन्य ३९ जना प्रतिवादीलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?