तेस्रो तथा अन्तिम एकदिवसीय श्रीलंकाले भारतलाई ११० रनको फराकिलो अन्तरले हराएको छ ।
यससँगै श्रीलंकाले सिरिज २–० ले जितेको छ । श्रीलंकाले २७ वर्षपछि भारतविरुद्ध एकदिवसीय सिरिज जितेको हो ।
कोलम्बोमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । उसका लागि रोहित शर्माले सर्वाधिक ३५ रन बनाए भने वासिङ्टन सुन्दरको नाममा ३० रन रह्यो ।
















