२०२४-६-३०
प्रभास नेपाली सम्पर्क बिभाग द कोरियाले आज खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ को प्रमुख आतिथ्यतामा गरेको भेटघाट एबम अन्तरक्रिया कार्यक्रममा द कोरियामा रहेका नेपाली हरुको विभिन्न विषयमा समस्या हरु पहिचान गर्दै दूतावासमा तत्काल सुधार हुनुपर्ने ३ बुदे माग र नेपाल सरकारको तर्फबाट गर्नुपर्ने ५ बुदे माग पत्र हस्तान्तरण गर्दै कार्यक्रम गरि कार्यक्रम सम्पन्न गरेको छ। अहिले लाई तत्काल कोरियामा नेपालिले भेगेका केही विशेष बुदालाइ मागपत्रमा समेटेको र बिस्तारै हामी यहाका समस्या पहिचान गर्दै अगाडि बढने प्रवास नेपाली सम्पर्क बिभाग द कोरियाका अध्यक्ष डम्बर सुब्बाले जानकारी दिनुभयो। यी माग हरु माग पत्रमा मात्र सिमित नभएर छिटै समाधान हुनेमा पुण बिस्वस्त रहेको पनि जानकारी गराउनु भयो।
कायक्रममा कोरियामा खेलकुदमा योगदान गर्दै आउनु भएका विभिन्न खेलाडी एबम संघ सस्थालाइ पनि खेलकुद मन्त्री द्वारा सम्मान बितरण गरिएको थियो। खेलकुद मन्त्री श्रेष्ठ कोरियाली सरकारको मातहतमा रहेको कोइका जस्ले खेलकुदमा आफुभन्दा कमजोर देस हरुलाइ सहयोग गर्ने गर्दछ। सोही कोइका को निमन्त्रणामा मन्त्री श्रेष्ठ कोरिया आउनु भएको थियो।

खेलकुद मन्त्रीलाई प्रवास नेपाली सम्पर्क बिभागको द कोरियाको ८ बुदे मागपत्र सहित कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















